काठमाडौं । राष्ट्रिय एकता अभियानले टिकटकलाई प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयको स्वागत गरेको छ।
चिनियाँ स्वामित्वको एप त्ष्पतयप ले गलत जानकारी फैलाउन र प्रचार गर्न प्रयोग गरिएको तथा नेपालको लागि सुरक्षा खतरा भएको भन्दै अभियान नेपाल सरकारको सो कदम स्वागतयोग्य रहेको बताएको छ।
अभियानका केंद्रीय अध्यक्ष विनय यादव द्वारा हस्ताक्षरीत विज्ञप्तिमा थप भनेको छ, “टिकटकलाई चिनियाँ सरकारको प्रचार र गलत सूचना फैलाउने उपकरण भएको सर्वविदित नै छ । टिकटकले गोपनीयताको हकको उल्लन्धन र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने हुनाले विस्वभर आलोचित छ। टिकटकले नेपाली प्रयोगकर्ता हरूको पनि डाटा सङ्कलन गर्ने गरेको थियो।“
अभियानले नेपाल सरकारलाई चिनियाँ प्रभावबाट जोगाउन थप कदम चाल्दै नेपाल लागि सुरक्षा खतरा रहेको अन्य चिनियाँ एपहरूमाथि पनि प्रतिबन्ध लगाउन समेत आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया