सप्तरीमा आगलागी १२ लाखभन्दा बढीको धनमाल जलेर नष्ट

समाचार

सप्तरी । राजबिराज नगरपालिका–७ माईक्रो स्टेन्ड नजिक रहेको ओम प्रकाश साहको नेहा अपसेट ट्रेसमा आगलागी भएको छ ।

विद्युत तार सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा पसलभित्र रहेका सम्पूर्ण सर–सामान जलेर करिब १२ लाख १७ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ