लैगिक हिंसा विरुद्धको १६ दिने अभियान मटिहानीमा मनाइयो

समाचार

महोत्तरी । “सभ्य समाजको पहिचान : लैगिक हिंसा विरुद्धको अभियान“ भन्ने मूल नाराका साथ “लैगिक हिंसा विरुद्धको १६ दिने अभियान– २०२३“ नगर प्रमुख हरि प्रसाद मण्डलको प्रमुख आतिथ्यमा जनचेतनामूलक र्‍याली तथा अन्तरक्रिया कार्यक्रम गरी मनाइएकोछ ।

सो अवसरमा बोल्दै नगर प्रमुख मण्डलले सभ्य समाजको निर्माण गर्न लैगिक हिंसा अन्त्य गर्नको साथै हिंसा अन्त्य नगर्न सबैमा अनुरोध समेत गरेका हुन् ।

उक्त अवसरमा श्री राम माध्यमिक विद्यालय मटिहानीबाट निकालिएको जनचेतना मूलक ¥याली मटिहानीको बिभिन्न भागहरुको परिक्रमा गरेको थियो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दिपा दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिका वड़ा नं.३,४,७ र ८ का वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सचिवहरु, शिक्षा शाखा प्रमुख चन्देश्वर साह, नेपाल प्रहरीका प्रतिनिधिहरु, राम माध्यमिक विद्यालयका प्र.अ. श्रीश कुमार मिश्र एवं शिक्षक–शिक्षिका, छात्र–छात्राहरु लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ