काठमाडौं । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेश चन्द्र लालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।
सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले नागरिकता प्रमाणीकरण गरेकोमा अध्यक्ष लालले धन्यवाद ज्ञापन गरेका थिए ।
यस्तै, अध्यक्ष लालले नागरिकता प्रमाणीकरणबाट संसदप्रति जनताको विश्वास बद्धेको, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पनि जनताको विश्वास बढेको लगायतका देशको समसायिमक विषयवस्तुमा कुराकानी भएको तमलोपाका केन्द्रीय सदस्य उमेश मण्डलले जनाए ।
तपाईको प्रतिक्रिया