रौतहटमा आगलागीबाट लाखौंको क्षति

समाचार

रौतहट । परोहा नगरपालिका–८ बस्ने मोहम्मद मुस्ताखको घरमा लामखुट्टे धपाउनको लागि बालिएको आगोबाट आगलागी भएको छ ।

बुधबार बिहान आगलागी हुँदा ३ वटा फुसको घर र घरभित्र राखेको फर्निचरको सामान, अन्नपात, लत्ताकपडा र नगद २५ हजार रूपैयाँ गरी ३ लाख ६७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

प्रहरीले नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनु साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ