देवानगन्जका पूर्वअध्यक्ष मेहताको निधन

समाचार

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको निधन भएको छ ।

६९ वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो । मेहतालाई हृदयघातपछि अस्पताल भर्ना गरिएको थियो । उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र पूर्वजिल्ला सदस्यसमेत रहेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ