काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुझावसहित ५३ बुँदे प्रस्तावहरु बुझाएका छन् ।
सरकारले आफ्नो कार्यशैलीमा सुधार गरी जनतालाई परिवर्तनको प्रत्याभूति दिलाउन, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, संचार लगायतका क्षेत्रमा व्यापक सुधार गरी विकास निर्माणका कार्यलाई गति दिन र मुलुकमा सुशासन कायम गर्दै संविधान संशोधनसहित संघीयताको प्रभावकारी कार्यान्वयन लगायतका सम्बन्धमा सत्ता गठबन्धनको बैठकमा जसपा अध्यक्ष यादवले सुझावसहित ५३ बूँदे निम्न प्रस्तावहरु पेश गरेका हुन् ।
प्रधानमन्त्रीसहितको चार दलीय सत्ता गठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझावहरु तयार गर्न जसपा नेपालका अध्यक्ष यादवलाई जिम्मेबारी दिएको थियो ।
तपाईको प्रतिक्रिया