मटिहानी नगरपालिकाद्धारा किसानलाई हिउँदे घाँसको बीउ वितरण

समाचार

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले पशुपालक कृषकहरुलाई हिउँदे घाँसको बिउ वितरण कार्यक्रम आज देखि सुरु गरेको छ ।

यसैबीच एक कार्यक्रममा पशुपालक कृषकहरुलाई हिउँदे घाँसको बिउ वितरण कार्यक्रमको शुभारम्भ मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले गरेका हुन् ।

यसै अवसरमा बोल्दै नगर प्रमुख मण्डलले यो बिउँले कृषकहरुलाई पशुपालनका लागि घाँसको अभाव हटाउन मद्दत पुग्ने कुरा बताए ।

मटिहानी नगरपालिकाको ९ वटै वडाका ५०० पशुपालक कृषकहरूलाई बर्सिङ्ग र जौको बिउँ वितरण गरिने कार्यक्रम रहेको र पालिकाले प्रत्येक वर्ष यो बिउँ बितरण गर्दै आईरहेको कुरा पशु सेवा प्राविधिक दिलिप कुमार यादवले जानकारी दिए ।

उक्त कार्यक्रममा मटिहानी नगरपालिका वडा नं.६ का वड़ा अध्यक्ष कलीम अंसारी, जिल्ला समन्वय समिति महोत्तरीका सदस्य राम लखन पंजियार, मुसाफिर सहनी लगायतका कृषकहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ