सबै तहको सरकारबाट लोसपा समर्थन फिर्ता लिनुपर्छ : महासेठ

समाचार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिल महासेठले सबै तहको सरकारबाट समर्थन फिर्ता लिनुपर्ने धारणा राखेका छन् ।

बिहीबार फेसबुकमा स्टाटस लेख्दै महासेठले पार्टीको मधेश प्रदेशका संसदिय दलका नेता प्रदेश सांसद तथा पुर्व राज्यमन्त्री अभिराम शर्मालाई एउटै घटनामा नियतवश फँसाउने काम भएको भन्दै सबै सरकार परित्याग गरि सडकमा आउनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन, ‘मधेश प्रदेश को संसदीय दल को नेता मा. अभिराम शर्मा लगायत पार्टीका अन्य नेता जिहरु को बारेमा आजको महोत्तरी जिल्ला अदालतको निर्णय पछी पार्टीले सब भन्दा पहिला सबै तहको सरकारबाट आफ्नो समर्थन फिर्ता लिनु पर्छ ! बिगतमा पनि तत्कालीन राजपा पार्टी हुदा मा. रेशमलाल चौधरीको बारे मा कैलाली जिल्ला अदालतको दुर्भाग्यपूर्ण फैसला पछि तत्कालीन सरकार बाट समर्थन फिर्ता लिएको नजिर छ ! पहिला त आफै बाट सुरु गर्नु पर्यो अनि मात्र अन्य समान बिचार धाराको पार्टी र शक्ती सङ सहकार्यमा अन्य कार्यक्रम घोषणा गर्नु पर्छ !’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ