इमरान खान, कपिलवस्तु । १० महिने बसाई पछि सुर्खेत सरुवा भई जान लागेका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई बिदाई गरिएको छ ।
कपिलवस्तु नगरपालिकास्थित मेयर कक्षमा फेरि भेटौला कार्यक्रमअन्तर्गत कपिलवस्तु मेयर्स क्लवले बिदाई गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, क्लबका अध्यक्ष तथा बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल, महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम, बाणगंगा नगरपालिकाका मेयर चक्र अर्याल, सुद्धोदन गाउँपालिका मेयर कमलेशरण चौधरी सहितको टोलीले प्रअिज आचार्यलाई बिदाई गरेका हुन् ।
आचार्यलाई उनीहरुले खादा र टीका लगाई मायाको चिनो समेत प्रदान गरेका थिए ।
आचार्य सुर्खेत सरुवा भएपछि यहाँ नवलपरासी पश्चिमबाट प्रमूख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल आउने भएका छन् ।
तपाईको प्रतिक्रिया