राजकीय संस्कृत माविमा निर्माण भएको भवन उद्धाटन

समाचार

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानीमा रहेको श्री राजकीय संस्कृत माध्यमिक विद्यालयमा निर्माण भएको थप २ कोठे पक्की भवनको उद्घाटन भएको छ ।

यसैबीच एक कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले सो पक्की भवनको उद्धाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै नगर प्रमुख मण्डलले देशकै सबभन्दा जेठो करिब ३०५ वर्ष पुरानो विद्यालयमा उक्त भवनले पठनपाठन गर्न गराउन सहयोग पुग्ने बताए ।

उक्त भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २० लाखको लागतमा निर्माण भएको नगरपालिकाले जनाएको छ ।

वड़ा नं.७ का वडा अध्यक्ष जीत नारायण माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिका वडा नं.६ र ८ का वडा अध्यक्ष क्रमशः कलीम अंसारी र रितेश साह, कार्यपालिका सदस्य अरुण नाहर, वडा नं ८ का पूर्व वडा अध्यक्ष गणेश प्रसाद साह, या.ल.ना. विद्यापीठका प्राध्यापक हेम नारायण कर्ण, श्री राजकीय संस्कृत माध्यमिक विद्यालयका प्र.अ. ईश्वरी पौडेल, श्री राम मा.वि. मटिहानीका प्र.अ. श्रीश कुमार मिश्र, शिक्षक शिक्षिका, विद्यार्थी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ