पाँच केजीभन्दा बढी गाँजासहित किशोर पक्राउ

समाचार

सप्तरी । कंचनरुप नगरपालिका–२ बरमझियास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी ३ सय ग्रामसहित उदयपुर बेलका नगरपालिका–६ बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा प्र.२–०२–००२ प ९५२९ नम्बरको मोटरसाइकललाई नम्बर प्लेट नभएको मोटरसाइकलले ठक्कर दिई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले नम्बर प्लेट नभएको मोटरसाइकलमा सवार ती किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

हाल फरार उक्त मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । साथै दुर्घटनामा घाइते भएका प्र.२–०२–००२ प ९५२९ नम्बरको मोटरसाइकलमा सवार २ जनाको स्थानीय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ