इमरान खान, कपिलवस्तु । कपिलवस्तु जिल्लाको प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थपन गर्न भन्दै जिल्लाका जनप्रतिनिधि सहितको एक टिमले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।
छाडा चौपाया व्यवस्थापन गम्भिर समस्याको रुपमा देखिएकाले उक्त समस्याको समाधानको मागसङ्गै जाजरकोट भुकम्प पीडित प्रधानमन्त्री उद्धार कोषमा जिल्लाको तर्फ बाट २२ लाख प्रदान गरिएको हो ।
उक्त कार्यक्रमा कपिलवस्तुका प्रतिनिधि सभा सदस्य तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्य, राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्य, बाणगंगा नगरपालिका प्रमुख चक्रपाणी अर्याल, कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेल, बुद्धभुमि नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठ, , कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह, विजयनगर गाउँपालिका प्रमुख गोपाल बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया