जसपामा खस संघ केन्द्रीय समिति गठन हुँदै

समाचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले खसहरुको संगठन गठन गर्ने भएको छ ।

काठमाण्डौमा पार्टीसम्बद्ध केन्द्रीय नेताहरुको भेलाबाट सातै प्रदेशबाट प्रतिनिधि समेटेर समाजवादी खस संघ, नेपाल केन्द्रीय समिति गठन गर्ने निर्णय भएको हो ।

भेलाबाट प्रेमनारायण थापा, दुर्गा सुवेदी र रामबहादुर जाग्री रहेको तयारी समिति गठन भएको छ ।

उक्त भेलामा पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत, महिला विभाग प्रमुख लिला सिटौला, केन्द्रीय सदस्यहरु प्रचण्ड पौडेल, अर्जुन लम्साललगायत उपस्थित रहेका थिए ।

समिति गठनको लागि पुस २१ गते ललितपुरमा भेला बोलाइएको छ ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई आमन्त्रण गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ