काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बालकुमार घटनाको प्रति दुःख व्यक्त गरेका छन् ।
मन्त्रीको गाडीमा आगलगी गरे वापत ज्यान लिनु पर्ने घटनाले सरकार निरंकुशताको पथमा अग्रसर रहेको र पार्टीका राजाहरुको मतिभ्रष्ट भएको पुष्टि भएको ठहर उनको छ ।
एक प्रेस विज्ञप्ती जारी गर्दै आजपा अध्यक्ष साहले राज्यको बेथीतिबाट पीडÞित भएका युवाहरु आफनो हकका लागी आन्दोलन गर्दा ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जना युवकहरुको मृत्यु दुखद भएको जनाएका छन् ।
‘अन्यायमा परेका बेरोजगार युवाहरुलाई प्रोत्साहन गर्नुको सट्टा सरकारले गोलीको शिकार बनाउनु खेदजनक हो । यस दुःखद घटनाको जति भर्त्सना गरे कमैं हुन्छ । मन्त्रीको गाड़ीमा आगलगी गरे वापत ज्यान लिनु पर्ने घटनाले सरकार निरंकुशताको पथमा अग्रसर रहेको र पार्टीका राजाहरुको मतिभ्रष्ट भएको पुष्टि गर्दछ’ अध्यक्ष साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
२१औ शताब्दीको गणतन्त्रमा भएको यो कहाली लागदो हत्याकाण्डका दोषी प्रहरी एवं अपसरलाई कारवाही गर्न तथा पीडÞित परिवारलाई तत्काल राहत स्वरूप आवश्यक क्षेतीपूर्तिको ब्यवस्था गर्न सरकारसंग आजपाले जोड़दार माग गरेको छ ।
‘राज्यको बेथीतिबाट पीडÞित भएका युवाहरु आफनो हकका लागी आन्दोलन गर्दा हिजो ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जना युवकहरुको मृत्युको बिषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सर्वप्रथम यस घटनाका मृतकहरुप्रति भावपुर्ण श्रद्धांजलि सहित शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’ आजपाले भनेको छ ।
तपाईको प्रतिक्रिया