पूर्वमन्त्री अब्दुल खानको पहलमा खानेपानी मेसिन जडान

समाचार

सिरहा । जिल्लाको श्री राम दुलारी माध्यमिक विद्यालय, कल्याणपुर–११ मा खानेपानी मेसिन जडान भएको छ ।

पूर्वखानेपानी मन्त्री अब्दुल खानको विशेष पहलमा र ईन्भाईरोमेन्ट प्रोटेक्शन कोपरेटिभको सहयोगमा विद्यालयको बच्चाहरुका लागि खानेपानी, फिल्टर सहित ट्याङ्की जडान गरिएको सिरहा जिल्लाको यूवानेता दिप नारायण यादवले जानकारी दिएका हुन् ।

पछिल्लो समयमा मधेशभरि विभिन्न ४०० सय विद्यालयमा पुर्व खानेपानी मन्त्रीको पहलमा यो कार्यक्रम संचालन गरिएको छ ।

यो कार्यक्रम निरन्तररुपमा मधेश प्रदेश देखि अन्य प्रदेशहरुमा पनि संचालन गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ