डा.सीके राउतसहित दर्जनौं नेताहरु पक्राउ

समाचार

काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतसहित करिब ३०–४० जना केन्द्रीय नेताहरु काठमाडौंबाट पक्राउ परेका छन् ।

जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन माइतीघरमा भेला भएका जनमत पार्टीका अध्यक्ष डा.राउत, उपाध्यक्ष अब्दुल खान, ई.दीपक साह, प्रवक्ता डा.शरदसिंह यादव, सचिव बीपी साहसहित विद्यार्थी नेताहरुसमेत पक्राउ परेका छन् ।

सोमबार बिहान धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएको बेला प्रहरीले हस्तक्षेप गर्नुका साथै पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा राखिएको प्रवक्ता डा.यादवले मधेशवाणीलाई बताए ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ । सरकारले हाल माइतीघरमा प्रदर्शन, भेला, जुलस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ