स्कार्पियोको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु

समाचार

बाँके । नेपालगंज उपमहानगरपालिका–१८ स्थित सडकमा सु.प.प्र ०१–००१ च ३४६४ नम्बरको स्कार्पियोको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

पैदलयात्री सोही उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीया आस्था शाह र हाल नाम, थर, वतन नखुलेका ३५ वर्षीय पुरूषको आइतबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै उक्त स्कार्पियोको ठक्करबाट घाइते भएका १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले स्कार्पियो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ