पक्राउ परेकी मन्त्री अनिता देवीले सुरु गरिन् अनसन

समाचार

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलाबाट सोमबार बिहान पक्राउ परेकी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले अनसन सुरु गरेकी छन् ।

जनमत पार्टीनिकट विद्यार्थी जनमत संघद्वारा माइतीघर मण्डलामा आयोजित धोती दिवस कार्यक्रममा सहभागी हुँदा मन्त्री साहसहित जनमतका अध्यक्ष डा.सीके राउतसहित ४०–५० जना केन्द्रीय नेताहरु पक्राउ परेका छन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ । सरकारले हाल माइतीघरमा प्रदर्शन, भेला, जुलस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ