डा.सीके राउतसहित ५३ जना पक्राउको विरोधमा मधेशमा प्रदर्शन

समाचार

काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतसहित ५३ जना पक्राउको विरोधमा मधेशभरि प्रदर्शन सुरु भएको छ ।

सोमबार काठमाडौंस्थित माइतीघर मण्डलामा धोती दिवस मनाइरहँदा जनमतका अध्यक्ष डा.सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी साह, पूर्वमन्त्री अब्दुल खाल, उपाध्यक्ष ई.दीपक साह, सचिव बीपी साह, विद्यार्थी नेताहरुसहित ५३ जनालाई पक्राउ गरिएको छ ।

पक्राउको विरोधमा जनमत पार्टीले मधेशका जिल्ला–जिल्लामा टायर बालेर प्रदर्शनमा उत्रेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ