प्रहरीको बुट प्रहारबाट जनमतका उपाध्यक्ष ई.साह घाइते

समाचार

काठमाडौं । धोती दिवसको अवसरमा शान्तिपूर्ण कार्यक्रममा प्रहरीको बुट लागेर जनमत पार्टीका उपाध्यक्ष ई.दीपक कुमार साह घाइते भएका छन् ।

जनमत पार्टी निकट विद्यार्थी जनमत संघले सोमबार बिहान माइतीघर मण्डलामा धोती दिवस कार्यक्रम आयोजना गरेको थियो ।

निषेधित क्षेत्रमा कार्यक्रम गरेको भन्दै प्रहरीले हस्तक्षेप गर्दै ५३ जनालाई पक्राउ गरेको थियो ।

उपाध्यक्ष ई.साहको खुट्टामा गम्भीर चोट लागेको छ ।

पक्राउ परेकाहरुलाई रिहा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफै पुलिस क्लब पुगेका थिए । गृहमन्त्रीले कमीकमजोरी भएकोसमेत स्वीकार गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ