महोत्तरी । जिल्लाको मटिहानी नगरपालिकामा रहेका प्रसिद्ध लक्ष्मी नारायण मठमा रहँदै आएका साधुहरुलाई एक समारोहबीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले कम्बल वितरण गरेका छन् ।
मधेश प्रदेशमा केही दिनदेखि बढेको चिसोबाट प्रभावित भएका साधुहरुको समस्यालाई मध्यनजर गर्दै उनीहरुलाई राहत स्वरुप कम्बल वितरण गरिएको कुरा नगर प्रमुख मण्डलले बताए ।
त्यसै क्रममा पीर बाबा मजारको सरसफाई तथा रेखदेख गर्दै आइरहेका हसन फकीरलाई पनि कम्बल वितरण गरिएको हो ।
त्यसैगरी ५० वर्षीय शिवसरण दासले आफु कम्बल पाएपछि खुशी व्यक्त गरे ।
उक्त कार्यक्रममा जम्मा ४० जना साधुहरुलाई कम्बल वितरण गरिएको कुरा नगरपालिकाले जनाएको छ ।
उक्त कार्यक्रममा मटिहानी नगरपालिका वड़ा नं. ६ र ८ का वड़ा अध्यक्ष क्रमशः कलीम अंसारी र रितेश साह, शिक्षा शाखा प्रमुख चन्देश्वर साह, राजकीय संस्कृत मा.वि. का प्र.अ. ईश्वरी पौडेल लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया