महोत्तरी । जिल्लाको मटिहानी नगरपालिकामा रहेका मस्जिद मदरसामा रहदै आएका इस्लाम धर्मका धर्म गुरु मोलबीहरुलाई मटिहानी नगरपालिकाले कम्बल वितरण गरेको छ ।
बिहीबार एक समारोहका बीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले कम्बल वितरण गरेका हुन् ।
तराई–मधेशमा केही दिनदेखि बढेको चिसोबाट प्रभावित भएका मोलबीहरुको समस्यालाई मध्यनजर गर्दै उनीहरुलाई राहत स्वरुप कम्बल वितरण गरिएको कुरा नगर प्रमुख मण्डलले बताए ।
त्यसैगरी ३५ वर्षीय मोलबी तहसीन रेजाले आफु कम्बल पाएपछि खुशी ब्यक्त गरेका हुन् ।
यसअघि मटिहानी नगरपालिकामा रहेका प्रसिद्व लक्ष्मी नारायण मठका साधुहरुलाई पनि कम्बल वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा मटिहानी नगरपालिका भित्रका जम्मा १८ जना मोलबीहरुलाई कम्बल वितरण गरिएको कुरा नगरपालिकाले जनाएको छ ।
उक्त कार्यक्रममा मटिहानी नगरपालिका वड़ा नं. ६ का वडा अध्यक्ष कलीम अन्सारी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, शिक्षा शाखा प्रमुख चन्देश्वर साह लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया