यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन : श्री ५ ज्ञानेन्द्र (सम्बोधनसहित)

समाचार

रुपन्देही । श्री ५ ज्ञानेन्द्र शाहले देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देशको अवस्था आज जर्जर भएको बताएका छन् ।

बिहीबार भैरहवामा आयोजित श्री ५ शाहको नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै भनेका छन्, ‘ म जता जाउँ जहाँ पुगौं जनआवाज उठेको सुन्छु मलाई आउ हाम्रो देश बनाउ र देश बचाउ – देशको सभ्यता र समृद्धि बढाउ यहाँ खडा भएर म भन्दछु म बोलिरहेछ, बनोस्, देश बचोस् भन्ने आफ्ना पुख्यौली भावना इच्छा आकाँक्षा पोखिरहेछु ।’

उनले भनेका छन्, ‘ देश सुहाउँदो र बलियो आविष्कारहरु मार्फत अगाडी बढ्नु पर्छ । तर आज देश जर्जर भएको छ । बेराजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौ युवाजनशक्ति विदेशिएको छ । देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर हाम्रो युवा जमात बाहिरिएको हो । यस्तो अवस्थाको अन्त हुनु पर्दछ ।’
पूर्वराजा शाहको सम्बोधनः

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ