काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतका विदेशमन्त्री डा.एस जयशंकरबीच शिष्टाचार भेट भएको छ ।
भेटमा दुई देशबीच विद्यमान सम्बन्धबारे छलफल भएको एमाले विदेश विभाग प्रमुख डा.राजन भट्टराईले जानकारी दिए ।
अध्यक्ष ओलीले भारतसँग नेपालको नजिकको सम्बन्ध रहेको बताउँदै आर्थिक विकासको बाटोमा अग्रसर नेपाललाई भारतको सहयोग अपरिहार्य भएकाले त्यसमा सघाउन अनुरोध गरे ।
तपाईको प्रतिक्रिया