मधेशी दलका अध्यक्षहरु महन्थ, उपेन्द्र र सीकेसँग एस जयशंकरको भेटवार्ता

समाचार

काठमाडौं । दुईदिने नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री डा.एस जयशंकरले मधेशी दलका अध्यक्षहरुसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भारतका विदेशमन्त्री डा.एस जयशंकरले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तापश्चात डा.एस जयशंकरले सामाजिक सञ्जालमा ट्वीट गर्दै लेखेका छन्, ‘महन्थ ठाकुर जी, @upendrayadav जी र @ckraut जी लाई भेट्न पाउँदा खुशी लाग्यो । हाम्रा विकास सहकार्यलाई अघि बढाउने विषयमा वहाँहरुसँग निकै उपयोगी वार्तालाप भयो ।'

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ