काठमाडौं । भारतका विदेशमन्त्री डा.एस जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन गरेका छन् ।
शुक्रबार भारतका विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री साउदले संयुक्त रूपमा त्रिवि पुस्तकालयको उद्घाटन गरेका हुन् ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहिबार नेपाल आएका जयशंकरले आजै भूकम्पपछिको पुनर्निर्माण परियोजना पनि उद्घाटन गर्नेछन् ।
बिहीबार नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै जयशंकरले उच्च राजनीतिक भेट गरेका थिए ।
तपाईको प्रतिक्रिया