स्वदेश फर्किए डा.एस जयशंकर

समाचार

काठमाडौं । नेपाल भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका भारतका विदेशमन्त्री डा.एस जयशंकर स्वदेश फर्किएका छन् ।

उनले बिहीबार नै उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत गरेका थिए ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका थिए ।

यस्तै, मधेशी दलहरु लोसपाका अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसँग सामूहिक भेटवार्ता गरेका थिए ।

जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापारलगायत चारवटा सम्झौतामा हस्ताक्षर भएको छ ।

स्वदेश फर्किनु अगाडि उनले बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरेका थिए भने त्यसपछि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको भनवको उद्घाटन समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ