१ हजार ८ सय ४३ थान नक्कली नोटसहित एक जना पक्राउ

समाचार

रौतहट । देवाही गोनाही नगरपालिका–८ पटेल चोकबाट नक्कली जस्तो देखिने नेपाली नोट १ हजार दरको १ हजार ८ सय ४३ थानसहित गुजरा नगरपालिका–५ हरिहरपुर बस्ने २५ वर्षीय संदिप यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट, विभिन्न बैंकको एटिएम कार्ड ५ थान र १६ लाख ६५ हजार रूपैयाँ उल्लेख भएको चेक ३ थानसहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ