कपिलवस्तु । शिवराज नगरपालिका–३ सुपा देउराली मोडस्थित सडकमा प्रदेश २–०३–००१ च ५७८४ नम्बरको बलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान दुर्घटना हुँदा गाडीका सहचालक पर्सा वीरगंज महानगरपालिका–१६ नगवा बस्ने १५ वर्षीय शेख आषिफको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै दुर्घटनामा घाइते भएका बलेरोका चालकलाई थप उपचारको लागि चौराहा अस्पताल बुटवल पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया