१० क्वीन्टल ६ किलो गाँजासहित एक जना पक्राउ

समाचार

सप्तरी । खडक नगरपालिका–७ कल्याणपुर चोकबाट १० क्वीन्टल ६ किलो अवैध लागूऔषध गाँजा र १ लाख रूपैयाँसहित धनकुटा सहिदभूमि गाउँपालिका–४ बस्ने ३२ वर्षीय विषेश राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएका संयुक्त प्रहरीले बालुवा लोड भएको को.१ ख ५८३१ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा बालुवाभित्र लुकाई छिपाई २८ वटा बोरामा राखेको उक्त परिमाणको गाँजा फेला पारी टिपर चालक राईलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ