दलित मुक्ति संगठनको अध्यक्षमा चमेली देवी

समाचार

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट दलित मुक्ति संगठनको केन्द्रीय समिति पुनर्गठन भएको छ ।

शनिबार जनकपुरमा आयोजित भेलाले चमेली देवी दासको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी समिति र ९९ सदस्यीय केन्द्रीय समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा चन्देश्वर सदा, रमेश सि.के नेपाली, सुनिता देवी मोची, सावित्रा बिश्वकर्मा, भीम विश्वकर्मा र नरभान पार्की रहेका छन् ।

भेलाले संगठनको मुख्यसचिवमा प्रदीप घताललाई चयन गरेको छ भने सचिवमा बालकुमार मुदेल, देवनाथ पासवान, राजेशकुमार दास, रामप्रित महरा, किरण देवी दास र कोषाध्यक्षमा कृष्णकुमारी तामाङ दास चयन भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ