ब्राउनसुगरसहित २ जना पक्राउ

समाचार

पर्सा । वीरगञ्ज महानगरपालिका–८ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ६ ग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने बिनोद प्रसाद गुप्ता र फिरोज चौधरी रहेका छन् । प्रहरी चौकी बसपार्क समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ