महोत्तरी । औरही नगरपलिका–१ स्थित सडकमा प्र.२–०२–००४ प १८४० नम्बर र ज.११ प ८०९९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलका दुवै जना चालकको मृत्यु भएको छ ।
दुर्घटनामा ज.११ प ८०९९ नम्बरको मोटरसाइकल चालक भंगहा नगरपालिका–३ बस्ने ३२ वर्षीय धर्मेन्द्र महतो र प्र.२–०२–००४ प १८४० नम्बरको मोटरसाइकल चालक रामगोपालपुर नगरपालिका–८ थली बिरता टोल बस्ने ३० वर्षीय मुकेश चमारको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनीहरूको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवारमध्ये १ जनालाई ट्रमा सेन्टर काठमाडौं र १ जनालाई न्यूरो अस्पताल जनकपुर थप उपचारको लागि रिफर गरिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया