कोशीको सभामुखमा विष्ट निर्विरोध निर्वाचित

समाचार

विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेशसभाको बसेको बैठकमा सभामुखका लागि राप्रपाका विष्टको मात्र उम्मेदवारी परेपछि उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।

विष्टको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक रहेका थिए ।

राप्रपाका विष्टलाई सत्ता गठबन्धन र नेकपा एमालेको समेत समर्थन रहेको थियो ।

नवनिर्वाचित सभामुख विष्टले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ