चुनावी रणनीति बनाउन गठबन्धनको बैठक

समाचार

जनकपुरधाम । माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा उम्मेदवारी दर्ता भइसकेको छ ।

मधेश प्रदेशबाट अन्यबाट एक र महिलाकोटामा एक गरी दुई जना सदस्य निर्वाचित हुनेछ । यसका लागि सत्ता गठबन्धनबाट अन्य तर्फ नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुंगाना तथा महिला तर्फ जनता समाजवादी पार्टीकी पुजा चौधरीको उम्मेदवारी दर्ता भएको छ ।

चुनावी प्रचार प्रसार, मतदाता भेट्ने, गठबन्धन दलका मतदाताहरुसँगको समन्वय लगायत चुनावी रणनीति बनाउन बुधबार मधेश प्रदेशस्थित सत्ता गठबन्धन दलका नेताहरु बैठक बसेका छन् ।

जनकपुरधामस्थित होटल बाबाको ढावामा बसेको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति एवं प्रदेशसभा संसदीय दलका नेता कृष्ण प्रसाद यादव, केन्द्रीय सहमहामन्त्री महेन्द्र यादव, उम्मेदवार समेत रहेका केन्द्रीय सदस्य एवं अनुशासन विभागका संयोजक आनन्द प्रसाद ढुंगाना, प्रदेश उपसभापति विरेन्द्र सिंह, जसपाका प्रदेश अध्यक्ष रामबाबु यादव, संसदीय दलका नेता समेत रहेका मुख्य मन्त्री सरोज कुमार यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य गोविन्द चौधरी, अर्थ मन्त्रीसमेत रहेका जसपा नेता संजय यादव, जसपा प्रदेश कोषाध्यक्ष रेणु यादव, जसपा मुख्य सचिब दिनेश यादव, माओवादी संसदीय दलका नेता भरत साह, एकीकृत समाजवादी पार्टीका नेता एवं कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री गोविन्द न्यौपाने लगायतका नेताहरु बैठकमा सहभागी थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ