महोत्तरी । स्वास्थ्य कार्यालय महोत्तरीको आयोजना तथा मटिहानी नगरपालिकाको समन्वय र सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा मटिहानी नगरपालिका अन्तर्गतका सिमरदही स्वास्थ्य चौकीमा संचालन भएको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरको उद्घाटन नगर प्रमुख हरि प्रसाद मण्डल र स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख सुनीता गुप्ताद्वारा संयुक्त रुपमा सम्पन्न भएको छ ।
उद्घाटन गर्दै नगर प्रमुख मण्डलले यो बन्ध्याकरणले अनिश्चित गर्भधारणबाट बँच्ने तथा देशको जनसंख्या बृद्धि दर रोक्न मद्दत पुग्ने बिश्वास ब्यक्त गरे ।
उक्त शिविरमा महिलाको लागि मिनील्याप र पुरुषको लागि भ्यासेक्टोमी स्थायी बन्ध्याकरण गरिने कुरा स्वास्थ्य कार्यालयका प्रमुख सुनिता गुप्ताले बताइन् ।
उक्त परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरको उद्घाटन कार्यक्रममा नगर उप–प्रमुख मंजु देवी साह, वड़ा नं.९ का वड़ा अध्यक्ष मदन चौधरी, स्वास्थ्य शाखा प्रमुख पवन कुमार मंडल, मटिहानी नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकी प्रमुखहरु,महिला स्वेयं सेविकाहरु ,मोसाफिर सहनी, जोगेन्द्र साह, इन्दल मंडल, राम प्रबेश चौधरी , तेतर सहनी, रत्नेश्वर लाल कर्ण लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया