महोत्तरी । महोत्तरी जिल्लाको मटिहानीमा भगवान श्री रामको २५ फिटको मूर्ति बनाई पूजा अर्चना गरिने भएको छ ।
अयोध्यामा सोमबार हुने भगवान रामको प्राण प्रतिष्ठाको अवसरमा सो मूर्तिको धार्मिक विधिवत लक्ष्मीनारायण मठमा राखी पूजा गरिने कुरा मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले बताएका छन् ।
करिब १५ दिन लगाएर कलाकारहरूले प्लाईको काठमा सो राम र सीताको मूर्ति तयार गरिएको छ ।
त्यसमा करिब २० वटा प्लाई खर्च भएको कुरा कलाकार राजु लालले बताएका छन् ।
अहिले लक्ष्मीनारायण मठलाई बिजुली बत्ती र फूलको मालाले दुल्हीझै सिँगारिएको छ ।
त्यसैगरी सोमबार नै लक्ष्मीसागर पोखरीमा बिहान ८ बजे विशेष आरती तथा साँझमा लक्ष्मी नारायण मठ (मन्दिर)मा महाआरती गरिने छ ।
तपाईको प्रतिक्रिया