जनकपुरधाम । भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल आउने भएको छ । अयोध्या जाने रेलको टिकटको बुकिङसमेत खुलिसकेको छ ।
आइतबार बिहान साढे ६ बजे जनकपुरधामबाट अयोध्याका लागि रेल छुट्ने छ । त्यसका लागि आज राति भारतीय रेल जनकपुरधाम पुगेको छ ।
परराष्ट्र मन्त्रालयको पहलमा भारतीय दूतावासमार्फत भारतीय रेल्वेले श्रद्धालुको सहुलियतका लागि रेल पठाएको हो।
अयोध्याका लागि आउने रेलको भाडासमेत निर्धारण गरिएको छ। जसअनुसार दोस्रो श्रेणीको एसीको ३ हजार, तेस्रो श्रेणीको एसीको २ हजार र स्लिपर सिटको १ हजार नेपाली रुपैयाँ निर्धारण गरिएको छ।
रेल आइतबार बिहान साढे ६ बजे अयोध्याका लागि छुट्नेछ भने सोमबार राति ११ बजे जनकपुरधामका लागि अयोध्याबाट छुट्नेछ। नेपाल रेल्वेलाई १ हजार ४ सयसम्म टिकट काट्ने अनुमति दिइएको छ।
तपाईको प्रतिक्रिया