शिलान्यास गरेको मन्दिरमा प्राण प्रतिष्ठा हुन लाग्दा हर्षित छू : पूर्व नगर प्रमुख गुप्ता

समाचार

रौतहट । गौर नगरपालिकाका पूर्व नगर प्रमुख एवं नेकपा एमालेका नेता अजय कुमार गुप्ताले गौर नगरपालिका वडा नम्बर ५ मा नवनिर्मित राम मन्दिरमा हुन गइरहेको भगवान राम जानकीको प्राण प्रतिष्ठाको लागि निकै हर्षित भएको बताएका छन् ।

२०७४ सालमा सम्पन्न भएको पहिलो स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि जीर्ण अवस्थामा रहेको राम मन्दिरको पुनर्निर्माणको लागि आफुले गरेको योगदान सफल भएको देखेर खÞुशी लागेको बताए ।

अयोध्यामा नवनिर्मित मन्दिरमा प्रभु श्रीराम तथा गौर नपामा निर्माण भएको राम मन्दिरमा एकै दिन भगवानको प्राण प्रतिष्ठा हुने भएको देखेर गर्व महसूस गरिरहेको उनले बताए ।

पूर्व नगर प्रमुख गुप्ताले भने २०७६ साल जेष्ठ महिनामा शिलान्यास गरेको मन्दिर निर्माण भई भगवान रामसहित जानकी, हनुमान जीको स्थापना हुन लागेकोले धेरै नै खÞुशी लागेको छ ।

मन्दिर निर्माणको लागि तत्कालीन प्रदेश सरकारका सभामुख बर्तमान मधेश प्रदेश सरकारका मुख्यमंत्री सरोज कुमार यादवको प्रमुख आतिथ्यमा श्री मदभागवत सप्ताह महाज्ञान यज्ञ आयोजना गरिएको बताउँदै पूर्व नगरप्रमुख गुप्ताले नगरपालिकाबाट ४० लाख रकम दिइएको जानकारी गराए ।

आफुले पाउने तलब ३ महिनाको १ लाख १३ हजार ५ सय रुपैयाँ मन्दिरमा सहयोग गरेकोले मन्दिर निर्माणको कार्य संपन्न भएको देखेर गरेको योगदान फलदायी साबित भएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ