जनकपुरधाम । राम जन्मभूमि अयोध्यामा नवनिर्मित मन्दिरमा भगवान रामको प्रतिमामा प्राण प्रतिष्ठाको अवसरमा सीमानाकामा भजन किर्तन एवं दीप प्रज्ज्वलन गरिएको छ ।
नेपाल–भारत खुला सीमा संबाद समूह र सीमावर्ती नागरिक समाजको संयुक्त आयोजनामा सोमबार धनुषा जिल्लाको दक्षिणी सिमाना र भारतको मधुवनी जिल्लाको उत्तरी सिमाना जटही पिप्रौन सीमानाकामा अवस्थित महादेव मन्दिरको परिसरमा भजन किर्तन एवं दिप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरि खुसियाली मनाइएको छ ।
सो कार्यक्रमलाई भव्यता एवं दिव्यताको लागि स्थानीय किर्तन मन्डली लगायत संस्थाको पदाधिकारी एवं दुबै तर्फका आम नागरिक समेत हनुमान आराधना रामनाम किर्तन प्रसाद बितरणको संगै संस्थाद्वारा साधु एबं आमजनहरुका लागि भंडाराको समेत आयोजना गरिएको थियो ।
उक्त कार्यक्रम नेपाल–भारत खुला सीमा संबाद समूहको तर्फबाट केन्द्रीय सदस्य रिकेश चौधरी, पुरन गुप्ता, कृष्णा साह, नवल झा, प्रमोद कुमार साह, रन्जित झा तथा सीमावर्ती नागरिक समाजको तर्फबाट मुर्ली मनोहर मिश्र, अमरेन्द्र झा, प्रदिप चौधरी लगायतको सक्रिय सहभागितामा बेलुका दिप प्रज्जवलन गरी समापन गरिएको थियो ।
तपाईको प्रतिक्रिया