११ बुँदे प्रस्तावसहित डा.अहिराजले गरे राष्ट्रपति पौडेलसँग भेटघाट

समाचार

काठमाडौं । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

मंगलबार राष्ट्रपति कार्यालय शितलनिवासमा भएको भेटवार्तामा डा.अहिराजले राष्ट्रपति पौडेललाई ११बुँदे सुझावसहित प्रस्तावसमेत बुझाएका हुन् ।

राष्ट्रपति पौडेलसँगको भेटघाटपछि डा.अहिराजले जारी गरेको एक वक्तव्यमा भनेका छन्, ‘म स्वयम्ले प्रदेश प्रमुखको रुपमा देशको सेवा गर्ने अवसर पाएको बेलामा मैले आफूले महसुस गरेका केही कुराहरू महामहिमद्वारा गर्न सकिने र सो कार्य गर्दा जनताको मनमष्तिस्कमा राष्ट्रपतीय पदको गरिमाको उच्च सम्मान हुने हुँदा केही तपशीलका बुँदाहरु लेखि सुझावका लागि महामहिम समक्ष निवेदन गरेको छु ।’

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ