काठमाडौं । मधेशवादका प्रणेता एवं नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्र नारायण सिंहको २२औं पुण्यतिथि काठमाडौंलगायत मधेशका विभिन्न जिल्लाहरुमा मनाइरहेको छ ।
स्व.सिंहको पुण्यतिथिको अवसरमा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले यसपाली ‘गजेन्द्र बाबूको विचार र वर्तमानमा मधेशको राजनीति’ लगायत विषयमा काठमाडौंसहित मधेशको विभिन्न जिल्लाहरुमा राजनीतिक, समाजिक अन्तरक्रिया गरिरहेको छ ।
गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रका संयोजक अनिल महासेठले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस केन्द्रको स्थापना उहाँको १९औं पुण्यतिथिको पावन अबसरमा गरिएको थियो । मेचीदेखि महाकालीसम्मको सम्पूर्ण उत्पीडन विरुद्ध मधेशीको अधिकारको लडाईको सुरुवात गर्दै मधेशी, जनजाति, मुस्लिम, दलित उपर हुने विभेदसहितका मधेशीको अधिकारको लडाईलाई मेचीदेखि महाकालीसम्म स्वाभिमान यात्राको सुरुवात गरी मधेशीलाई आफ्नो अधिकारका लागि लड्न प्रेरित गर्ने स्व. सिंहको स्मृतिमा केन्द्रको स्थापना गरिएको हो ।’
‘गजेन्द्र बाबू मधेशी जनताको बराबरीको अधिकार, स्वाभिमान, सम्मान र पहिचानको निम्ति अनवरत संघर्षरत रहनु भयो। उहाँले देखाएको पथबाट नै मधेसले केही उपलब्धि पाएको छ र थप उपलब्धिको निम्ति पनि उहाँले देखाएको समतामूलक समाजको सपनाको निम्ति सम्पुर्ण उत्पीडित र बहिषकरनमा परेकाहरुको एकीकृत आन्दोलन नै हो । आजको स्मृति दिवसको अवसरमा हामीले प्रण गर्नुपर्ने बिषय पनि यहि हो ।’ महासेठले भनेका छन् ।
समतावादी आन्दोलनका सर्जक, मधेस आन्दोलनका प्रणेता गजेन्द्र नारायण सिंहको २२ औ स्मृति दिवसमा हार्दिक श्रद्धा सुमन !
तपाईको प्रतिक्रिया