राकेश यादव, रौतहट । रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ५ मा हनुमान जी तथा ब्रहमबाबाको मन्दिरमा आगो लगाएको घटना सार्बजनिक भएको छ ।
भारतको अयोध्यामा सोमबार सम्पन्न भएको भगवान रामको प्राण प्रतिष्ठा सम्पन्न भएको भोली पल्ट मंगलवार राती उक्त मन्दिरमा आगो लगाइएको हो ।
स्थानीय आधारभूत विद्यालयको नजिकमा रहेको हनुमान तथा ब्रहमबाबाको मन्दिरमा अज्ञात समुहले मन्दिरभित्र पराल राखेर आगो लगाइएको घटना बुधबार बिहान सार्वजनिक भएपछि त्यहाँको अवस्था तनाव ग्रस्त भएको छ ।
आगोको कारण हनुमानजीको प्रतिमामा क्षति पुगेको स्थानीयहरुले बताएका छन् । हिन्दूहरुको मन्दिरमा लगाइएको आगोको घटना लिएर हिन्दू समुदाय आक्रोशित हुनुको साथै यस्तो सामाजिक सद्भाव बिगार्ने कार्य गर्ने माथि कानुनी कार्यवाही गर्न माग समेत गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरिले घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको र अवस्था सामान्य रहेको बताएका छन् । मन्दिरमा आगो लगाउने कार्यमा संलग्न रहेको व्यक्तिको बारेमा खोजतलाश भैरहेको जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया