आजपाद्वारा मधेश बन्द, सयौं नेताकार्यकर्ता प्रहरी नियन्त्रण

समाचार

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले आज मधेश बन्द गरेको छ । आज बिहानै देखी आजपाका नेताकार्यकर्ताले मधेशका बिभिन्न शहरमा प्रदर्शन गरिरहेका छन् । मधेशको यातायात ठप्प भएको छ । बजार, उधोग, शिक्षण संस्था आन्दोलनका कारण प्रभावित भएका छन् ।

आजपा मधेश प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले मधेश बन्द गरेको हो । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन’ माग गर्दै आजपाले मधेश बन्द गरेको छ ।

यसैबीच प्रदर्शनमा उत्रिका सयौं नेताकार्यकर्तालाई प्रहरीले बिभिन्न ठाउँबाट पक्राउँ गरेको छ । मधेश प्रदेशको आठवटै जिल्लामा प्रदर्शन जारी रहेको छ । वीरगंज, कलैया, जनकपुर, गौर चन्द्रपुर, लालबन्दी, लहान, राजविराज लगायतका ठाउँमा प्रदर्शन जारी रहेको छ ।

प्रहरीले जनकपुरधामको रामानन्द चौकबाट आजपा उपाध्यक्ष एवं सभासद तिलक थापा, महासचिव उपेन्द्र साह, सचिव समिना हुसेन, प्रवक्ता चन्द्रभुषण साह महिला मोर्चाका अध्यक्ष बबिता साह, इन्चार्ज सिमल साह सहितका नेताकार्यकर्तालाई पक्राउँ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको जनकपुर स्थित कार्यालयमा राखेको छ ।

उता आजपा उपाध्यक्ष रितादेवी साह, उपमहासचिव अरुण घिसिङ, प्रदेश सचिव ममता शर्मा, आईटी आर्मीका उपाध्यक्ष सुमन यादव सहित सयौं नेताकार्यकर्तालाई पक्राउँ गरी प्रहरीले मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा राखेको छ ।

यसैगरी आजपा मधेश प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहा, आजपा अध्यक्ष एवं सांसद प्रभु साहका स्वकीय सचिव बिजय यादव लगायतकालाई पक्राउँ गरी प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साको वीरगंजमा राखेको छ ।

यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीले आजपा रौतहट इन्चार्ज त्रिभुवन साह, आम मुस्लिम मोर्चाका अध्यक्ष लालबाबु मंसुरी लगायतका दर्जनौ नेताकार्यकर्तालाई पक्राउ गरी चन्द्रपुरमा राखेको छ ।

मधेश बन्दको क्रममा पक्राऊ परेका आजपाका नेताहरु :-

१. जनकपुरको रामानन्दचौकबाट आजपा उपाध्यक्ष एवं सभासद तिलक थापा, महासचिव उपेन्द्र साह, प्रवक्ता एवं आईटी आर्मीको अध्यक्ष चन्द्रभुषण साह लगायत दर्जनौलाई धनुषा प्रहरी कार्यालयमा राखेको

२. आजपा उपाध्यक्ष रीता देवी साह, उपमहासचिव अरुण घिसिंग, सचिव एवं पुर्वसांसद समीना हुसैन, आईटी आर्मीको उपाध्यक्ष सुमन यादव, प्रदेश सचिव ममता शर्मालाई लगायत सयजनालाई प्रहरी प्रदेश कार्यालयमा

३. आम महिला मोर्चाको केन्द्रीय अध्यक्ष कुमारी बबिता र इंचार्य सिमल साहलाई प्रहरीद्वारा दुर्व्यवहार सहित गिरफ़्तार

४. प्रदेश अध्यक्ष उमेश कुशवाहा र मा. प्रभु साहको स्वकीय सचिव बिजय यादव लगायत दर्जनौलाई बीरगंज जिल्ला प्रहरीमा

५. रौतहट जिल्ला ईन्चार्ज त्रिभुवन साह र आम मुस्लिम मोर्चाको केन्द्रीय अध्यक्ष लालबाबु मंसूरी लगायत दर्जनौ प्रदर्शनकारीलाई चपूर प्रहरीमा

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ