मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

समाचार

रूपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका–४ स्थित सडकमा कालिदहबाट लुम्बिनीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

लु.७६ प ९०२५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० वर्षीय राधेश्याम कुर्मीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ