रौतहट । आम जनता पार्टी (आजपा) निकटको आम किसान मोर्चाले किसानलाई पेन्सन दिनुपर्ने माग गरेको छ ।
कृषि र किसानलाई सरकारले सुविधान नदिने तर राजस्व हिनामिना गर्ने पुँजीपती वर्गलाई संरक्षण गर्ने गरेको उनीहरुको आरोप समेत छ ।
रौतहटको गरुडा नगरपालिका वडा नं. ७ पिपरियामा सम्पन्न वडा स्तरीय किसान मोर्चाको भेलाले कृषि र किसानको हकहितका लागि संघर्ष गर्ने निष्कर्ष समेत निकालेको छ ।
किसान मोर्चाका नेता दोरिक पटेलको अध्यक्षता र आईटी आर्मीका केन्द्रीय सचिव रबिन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले किसानलाई मल खाद्य, बीउँ, सिंचाई लगायतको व्यवस्था समयमै गर्नुपर्ने सरकार आफ्नो जिम्मेवारी पुरा नगरेको निष्कर्ष समेत निकालेको छ ।
किसानलाई सरकारले समयमै मल खाद्य, बीउ, सिंचाई उपलब्ध गराउँनुपर्ने माग गर्दै भेलाले सरकारले आफ्नो कमजोरी लुकाउँ बिभिन्न बाहाना गदै किसानलाई दुख दिने गरेको जनाएका छन् ।
भेलामा उपमेयर प्रत्याशी ज्ञानकला देवी, अमिनद्र यादब, रूपलाल राम, कनहाई शाह, जयराम शाह लगतातको विशेष सहभागिता रहेको थियो ।
भेलाले किसान मोर्चाको संगठन विस्तार गर्दै किसानको हकहितका लागि आवाज उठाउँने किसान नेताहरुले उदघोष गरेका छन् ।
तपाईको प्रतिक्रिया