अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

समाचार

कपिलवस्तु । महाराजगंज नगरपालिका–११ बढेगाँउस्थित सडकमा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

हाल नम्बर नखुलेको अटो र लु.५६ प ४८९९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक महाराजगंज नगरपालिका–१ पिपरी बस्ने ३६ वर्षीय उदयराज रैदासको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका १ जनालाई सुमित्रा पोलिक्लिनिक महाराजगंजमा उपचारको लागि पठाइएको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ