काठमाडौं । न्यायका लागि वर्षौंदेखि संघर्ष गरिरहेको मृतक आरती साहको परिवारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आश्वासन दिएका छन् ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा साहको परिवार बुधबार बालुवाटार पुगेका थिए । भेटमा आफूहरुले न्यायका लागि गर्नु परेको संघर्षबारे प्रधानमन्त्रीलाई जानकारी गराएको जनाइएको छ ।
सो भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले न्यायका लागि पहल गर्ने आश्वासन दिएको पारिवारिक स्रोतले बताएको छ ।
जनकपुरकी आरतीको हत्या भएको परिवारको दाबी छ । परिवारले निरन्तर धर्ना दिएपछि मुद्दा दर्ता भएर उनका श्रीमान पुर्पक्षका लागि थुनामा समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया