लहरी पल्टिएर दुर्घटना हुँदा तीन जनाको मृत्यु

समाचार

मोरङ । बुढीगंगा गाउँपालिका–४ स्वस्तिक जुटमिलस्थित नेमुवाबाट कोयलपुरतर्फ जाँदै गरेको आरजे २९ जीबी १५६१ नम्बरको लहरी पल्टिएर शुक्रबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा बुढीगंगा गाउँपालिका–४ बस्ने ज्योती अधिकारीको जुम्ल्याहा ५ वर्षीय छोरा निशान अधिकारी र छोरी इसिता अधिकारी तथा सोही ठाउँ डेरा गरी बस्ने ग्रामथान गाउँपालिका–३ घर भएकी प्रमिला खवासकी छोरी ७ वर्षीया रिया खवास रहेका छन् ।

साथै दुर्घटनामा घाइते भएका ज्योति अधिकारीलाई उपचारको लागि बिराट टिचिङ अस्पताल बिराटनगरमा पठाएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ